लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो बर्ष प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा छुटेका बालबालिकाका महत्वपूर्ण विषय र मुद्दा आउने आर्थिक बर्षको बजेटमा समेट्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आर्थिक बर्ष २०७८र ०७९ का लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले प्रदेश स्तरमा बालबालिकाका विषय सम्बोधन गरेकोमा सिविन नेपालले हस्तान्तरण गरेको धन्यबाद पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले, बालबालिकाको हकमा बजेटको राम्रो विश्लेषण गरिदिएको भन्दै खुशी ब्यक्त गर्नुभएको थियो ।
मख्यमन्त्री पोखरेलले, आउने दिनमा सिविन नेपालले उठान गरेका बालबालिकाका विषयबस्तुलाई प्राथमिकताका राखिनेमा आश्वस्त पार्नुभएको सिविन नेपाल, रुपन्देही जिल्ला संयोजक विष्णु पौडेलले जानकारी दिनु भयो ।।
प्रदेश सरकारको यो बर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विभिन्न विषयलाई सम्बोधन गरेको भन्दै लुम्बिनी प्रदेश सरकारलाई धन्यबाद ज्ञापन गरेको हो ।


