१२ गते असोज २०७८, धनगढी ।
कोभिड माहामारीको अहिलेको समयमा, संक्रमणबाट बच्न अपनाउनुपर्ने सुरक्षा उपायका विषयमा धनगढी बाल हेल्पलाइन १०९८ ले नगरमा सचेतनाको कार्यक्रम गरेको छ । नगरका ब्यस्त चोकहरुमा मोबाइल बुथ खडा गरी, बाल हेल्पलाइनको टोलीले सचेतना कार्यक्रम संचालन गरेको हो । बुथ मार्फत अहिलेको स्वास्थ्य संकटको बेलामा आफू कसरी सुरक्षित रहने, बालबालिकाको सुरक्षा, संरक्षणलगायतमा ध्यान दिनुपर्ने विषयहरुबारेमा जानकारी गराइएको थियो । राष्ट्रिय किशोर संजालका अध्यक्ष विजय राज जोशी र नगर बालक्लब संजालका सदस्य पार्वती जोशीसहितको टोलीले, एलएन चोक र चौराहामा, मोबाइल बुथ खडा गरी कोभिड आचरणबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै मास्क समेत वितरण गरेको थियो । मोबाइल बुथ मार्फत अहिलेको स्वास्थ्य जोहिम बढेको समयमा बालबालिकाको सुरक्षा र संरक्षणका विषयमा बनाइएका पर्चा पाम्प्लेट, स्टीकर वितरण गर्नुका साथै टोलीले सवारी साधनहरुमा बाल श्रम विरुद्ध बनाइएका हेल्पलाइनका स्टीकरहरु समेत टाँसेका थिए ।