१७ असोज २०७८, काठ्माडौं ।
विश्व अहिंसा दिवस तथा ६६ औं प्रहरी दिवसको अवसरमा महानगरिय प्रहरी परिसर काठ्माडौं, लैंगिक हिंसा नियन्त्रण जिल्ला संजाल समिति काठ्माडौं र अरु संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको बृहत रगतदान कार्यक्रममा प्रहरी, सिविन नेपालका कर्मचारी सहित १२५ जनाले रगतदान गरेका छन् । सहआयोजकका रुपमा सिविन नेपाल, चेन्ज नेपाल, विश्वास नेपाल र लायनस् क्लब अफ काठ्माडौं रहेको कार्यक्रममा प्रमुख अतिथि, काठ्माडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कारखानामा उत्पादन गर्न नमिल्ने भएकोले रगत अभावको अवस्था आउन नदिन, रगतदान कार्यक्रमहरुले निक्कै महत्वपूण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।
काठ्माडौंको बसन्तपुरमा भएको कार्यक्रममा, बाल अधिकार, बाल संरक्षण लगायतका विषयबस्तुमा सिविन नेपालले प्रकाशन गरेका पुस्तकहरु समेत सर्वसाधारणलाई वितरण गरिएको थियो ।





