कार्तिक २८ गते २०७८, काठ्माडौ
राष्ट्रिय किशोर संजालको विशेष भेलाले तीन बर्षिय कार्ययोजना बनाउने तैयारी गरेको छ । सातै प्रदेशका १४० किशोरको अनलाइन भेलाले, संजालको आउने तीन बर्षको कार्ययोजना बनाउन लागिएको हो । दुई दिने भेलामा किशोरहरुले आआफ्ना क्षेत्रमा किशोरकिशोरीहरुले भोग्नु परेका समस्या र समस्याका सम्भावित समाधानका बारेमा छलफल गरेका थिए । Child Rights Coalition Asia सँगको सहकार्यमा सिविन नेपालको सहआयोजनामा भएको बृहत अन्तक्र्रिया कार्यक्रममा किशोरकिशोरीले भोग्ने समस्या समाधानमा स्वयं किशोरको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा पनि सहभागीहरुले छलफल गरेका थिए । यहीक्रममा किशोर संजालले आउने ३ बर्षमा प्रदेश अनुसार अनुसार के कस्ता कामहरु गर्नु पर्छ भन्ने बारेका सात वटै प्रदेशका किशोरहरुले प्रस्तुती दिएका थिए । यही प्रस्तुतीको आधारमा छिट्टै समग्र संजालको ३ बर्षे कार्ययोजना तैयार पारी घोषणा गरिने संजालले जनाएको छ ।