मंसिर १६ गते २०७८, मोरङ्ग

घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मूल नारा दिएर मोरङ्गमा बालबालिकासम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल हेल्पलाइन नेपाल मोरङ्ग, सिविन नेपाल, माइती नेपाल मोरङ्गले संयुक्त रुपमा बालबालिका खोज तलास केन्द्र १०४ विराटनगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरगसँगको सहकार्यमा अभियान संचालन गरेको हो । यहीक्रममा मोरङ्गका मुख्य चोक र बजारहरुमा मोबाइल बुथ खडा गरी बाल संरक्षण र संरक्षण संयन्त्रका बारेमा सर्वसाधारणलाई जानकारी गराइएको थियो । सँगसँगै सवारी साधनहरुमा पनि बालश्रमविरुद्धका स्टीकरहरु टाँसिएको बाल हेल्पलाइन मोरङ्गका संयोजक बासु अधिकारीले जानकारी दिनुभएको छ ।