फागुन १७ गते २०७८, दोलखा ।
बागमती प्रदेशको दोलखाको कालिन्चोक गाउँपालिकामा बाल मैत्री स्थानिय शासन घोषणा कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
आउने चैत ७ गते गाउँपालिकामा बाल मैत्री स्थानिय शासन घोषणा गर्न, बिद्यालयमा दण्ड रहित शिक्षण हुने सुनिश्चितताका साथै बाल मैत्रीपूर्ण स्थानिय निकाय बनाउन विद्यालयका अभिभावक, शिक्षक , विद्यार्थीसँगै अरु सरोकारवालाहरुको हस्ताक्षर संकलन गरिंदै छ । बाल अधिकार अभिमुखिकरण, र बाल मैत्री शासनको लागि समुदाय स्तरमा प्रतिबद्धता सहित हस्ताक्षर कार्यक्रमहरु चलिरहेको हो । कालिन्चोक गाउँ पालिकाका वडा न १ देखि ४ सम्म सिविन नेपाल र स्थानिय ग्रामिण विकास टुकि संघले हस्ताक्षर संकलन र संचेतना अभिवृद्धिको जिम्मेवारी लिएको छ भने वडा न ५ देखि ८ सम्म अन्य संघ संस्थाको जिम्मेवारी लिएका छन् ।
बाल मैत्रीपुर्ण गाउँ पालिका बनाउन कालिन्चोक गाउँ पालिकाको जनप्रतिनिधि , कर्मचारी तथा सरोकारवाल संस्थाहरु प्रभाबकारिरुपमा परिचालन भईरेहको गाउँपालिका प्रमुख बिनकुमार थामि बताउनु हुन्छ ।
बाल मैत्रीपूर्ण गाउँ पालिका घोषणा गर्ने र कार्यान्वयन गर्नु गाउँ पालिकाको गौरबको कार्यक्रम भएको गाउँपालिका प्रमुख थामिले उल्लेख गर्नुभयो ।
कालिन्चोक गाउँ पालिकाका प्रमुख प्रसाशकिय अधिकृत नवराज ओलिका अनुसार बाल मैत्रि स्थानीय शासन घोषणा पुर्व आवश्यक संरचनाहरु गठन भई क्रियाशिल रहेका छन् । प्रसाशकिय अधिकृत ओलिले गाउँपालिका स्तरमा बालकोष गठन गरिसकिएको र स्थानिय बालमैत्री शासन बारे सचेतनामुलक पुस्तक, पोस्टरहरु समेत प्रकाशित भएका छन् ।
हाल गाउँ पालिकाका ४९ वटा विद्यालयमा बाल संरक्षण नीति घोषणाको तैयारी भइरहेको दोलखा जिल्लाका सिविन नेपालका कार्यक्रम अधिकृत सन्तोष विमलीले जानकारी दिनुभयो ।
बाल मैत्री स्थानिय शासन घोषणाकालागि प्रदेश सरकार र जिल्ला समन्वय समितिले गाउँ पालिकाले बाल मैत्री स्थानीय शासनका सम्पुर्ण सुचकहरु पूरा गरे नगरेको अनुगमनको तैयारी गरिरहेको कार्यक्रम अधिकृत विमलीले जानकारी दिनुभएको छ ।














