चैत १३ गते २०७८, काठमाडौं ।
नजिकिंदै गरेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको घोषणापत्रमा बालबालिकाका मुद्दालाई प्राथमिकतामा पार्न सिविन नेपालले थालेको अभियान अन्तर्गत आज नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा गंगालाल तुलाधरलाई अनुरोध पत्र बुझाइएको छ । सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, कोषाध्यक्ष सुवोध चन्द्र श्रेष्ठ, कार्यक्रम निर्देशक तथा प्रवक्ता कुमार भट्टराई, वरिष्ठ कार्यक्रम व्यवस्थापक ध्रुव गौतमसहितको टोलीले आज नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरलाई दलको कार्यालयमै पुगेर अनुरोध पत्र बुझाएको हो । यसैक्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले उपमहासचिव तुलाधर शिक्षामन्त्री हुँदा विद्यालय शान्ति क्षेत्र घोषणा हुनुका साथै विद्यालय शान्ति क्षेत्र निर्देशिका समेत जारी भएको उल्लेख गर्दै स्थानिय निर्वाचनमा उहाँ सम्वद्ध दल, बालबालिकाका मुद्दामा अझ बढी संवेदनशील हुने विश्वास व्यक्त गर्नु भयो ।
यसैक्रममा, उपमहासचिव तुलाधरले, आफू शिक्षामन्त्री हुँदा बालबालिकाको अधिकार र शिक्षाको क्षेत्रमा उपलब्धिमुलक कामहरु गर्न सकिएकोमा सन्तोष व्यक्त गर्नुभयो । सिविन नेपालले अहिलेसम्म गरेका कामलाई सह्राहनिय भन्दै बालबालिका राष्ट्रिरय गौरवको विषयलाई पनि सबैले बुझ्ने र जनजिब्रोमा झुण्डिने खालको नारा बनाएर प्रचारप्रसारमा लाग्नुपर्ने उहाँको सुझाव थियो । यसैगरी निर्वाचनका लागि तैयार गरिने घोषणापत्रमा बालबालिकासम्बन्धि विषयलाई प्राथमिकताका साथ उल्लेख गर्ने उहाँले बताउनु भयो ।


