चैत २१ गते २०७८, काठ्माडौं ।
स्थानीय तहको निर्वाचन बालमैत्री बनाउनुका साथै बालबालिकाका मुद्दालाई दलको घोषणापत्रमा सम्बोधन हुनुपर्ने उद्देश्यका साथ सिविन नेपालले नेकपा माओवादीमा अनुरोधपत्र बुझाएको छ । माओवादीका केन्द्रीय सदस्य तथा मानव अधिकार तथा कानून विभाग प्रमुख मुक्ति नारायण प्रधानलाई सिविन नेपालको टोलीले दलको कार्यालय पेरिश डाँडामा भेटेर अनुरोधपत्र बुझाएको हो । यसक्रममा कानून विभाग प्रमुख प्रधानले सिविनले बुझाएको अनुरोधपत्र सातै प्रदेशमा तत्कालै पठाएर प्रदेश स्तरको पार्टी कमिटीमा विभागका तर्फबाट पत्राचार गर्ने र केन्द्रीय स्तरको घोषणापत्रमा पनि समावेश गराउने प्रतिवद्धता जनाउनुभयो । अनुरोधपत्रमा समेटिएका बालअधिकार संरक्षण, बाल सहभागिता, सुरक्षा, विकाससँगै निर्वाचनमा बाल अधिकार संरक्षण लगायतका विषयमा पूर्ण प्रतिवद्धता पनि विभाग प्रमुख प्रधानले व्यक्त गर्नुभयो । अहिले पनि विभिन्न कारणले बालबालिकाहरु समस्यामा परिरहेको र ती बालबालिका अभिभावक बनृर, उनीहरुको शारिरीक, सामाजिक समस्यामा मात्र नभई मानसिक समस्यामा पनि सिविन नेपालले काम सशक्त रुपमा गर्दै जानुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
यही क्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले कान्ति बाल अस्पतालमा सिविन नेपालकै पहलमा थालिएको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा विभाग र अन्तरंग सेवाको थालनि छिट्टै हुन लागेको बारे जानकारी दिनुभएको थियो । https://fb.watch/cbSZKrvIvl/







