भदौ २० गते २०७९, काठ्माडांै ।
तीनै तहको सरकार ः मानव बेचविखन विरुद्धको सरोकार नाराका साथ यो बर्षको मानव बेचविखनविरुद्धको १६ औं राष्ट्रिय दिवस मनाइँदैछ । दिवस मनाउने क्रममा आज काठ्माडौंमा एक -याली निकालिएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल, एटवीनको संयोजनमा बालबालिका तथा महिला अधिकार र मानव अधिकारको क्षेत्रमा कार्यरत ५० भन्दा बढी संघसंस्थाको आयोजनमा -याली निकालिएको हो । काठ्माडौंको भृकुटी मण्डपबाट शुरु भएको -यालीमा विभिन्न नागरिक समाज संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, पेशाकर्मी, सरकारी कर्मचारीलगायतको सहभागिता थियो । -यालीमा पुरुषको तुलनामा महिलाको सहभागीमा बढी थियो । -याली प्रज्ञा भवन कमलादीमा पुगेपछि सभामा परिणत भएको थियो । सभालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिका साथै -याली सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

यसैगरी, दिवसको सन्दर्भमा विराटनगरमा पनि एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, सिविन नेपाललगायत नागरिक समाज संघसंस्थाको सहकार्यमा रानी भन्सार विराटनगरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बाल हेल्पलाइन मोरडको तर्फबाट मोबाइल बुथ खडा गरी बालसंरक्षणका विभिन्न पक्ष र बाल हेल्पलाइनबारे सहभागीहरुलाई जानकारी गराइएको बाल हेल्पलाइन मोरडका प्रमुख बासु अधिकारीले जानकारी दिनुभएको छ ।