भदौ २८ गते २०७९ .

संयुक्त राष्ट्र संघिय श्रम एजेन्सीका अनुसार अफगानिस्तान, बंगलादेश, कंगो, इजिप्ट, भारत, युगान्डा र यमन जस्ता मुलुकमा बालविवाह तथा जबरजस्ती विवाहको संख्या बढेको छ । हिजो भर्खर सार्वजनिक गरिएको रिपोर्टमा विकसित मुलुकहरु पनि यी समस्याबाट अछुतो नरहेको उल्लेख छ । उच्च र उच्च मध्यम मुलुकहरुमा हुने प्रत्येक चार मध्ये एक जबरजस्ती विवाह हुने गरेका छन् । गएको बर्षको अन्त्यसम्ममा विश्वभर करिब ५ करोड व्यक्ति आधुनिक दासतामा फसेको संयुक्त राष्ट्र संघिय श्रम एजेन्सीको अनुमान छ । यसमा अधिकांश जबरजस्ती श्रम वा विवाहमा फसेको श्रम एजेन्सीको विचार छ । पाँच बर्ष अगाडिको अवस्थाभन्दा यो २५ प्रतिशतले बढी हो ।
अन्तराष्ट्रिय श्रम संगठन र साझेदारहरुले व्यवसायिक यौन शोषण जस्ता प्रवृत्तिका कारण जबरजस्ती श्रममा फसेका प्रत्येक ४ जना मध्ये १ जना पिडित भएको हुनसक्ने औंल्याएका छन् । क्ष्ीइ र संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय आप्रवासन संगठन र वक फ्री फाउन्डेसनका अनुसार सन् २०२१ को अन्त्यमा झण्डै ३ करोड जना जबरजस्ती श्रममा लगाइएको र २ करोडको हाराहारीमा जबरजस्ती विवाह बन्धनमा बाँधिएको बताएको छ ।