पष १८ गते २०७९, नेपालगंज ।
नेपालगंन्ज उपमहानगरपालिकामा एकीकृत बालसंरक्षण सयन्त्र निर्माणको विषयमा भएको छलफलमा सरोकारवालाहरुले नगरमा बालश्रम, बालविवाह अन्त्यलगायतको विषयमा तत्काल कामगर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहभागीहरुले नगर क्षेत्रमा रहेका बालबालिकाका समस्या र ती समस्याको समाधानमा संयन्त्रले खेल्न सक्ने भूमिकाका बारेमा छलफल गरेका थिए । उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा तथा खेलकुद शाखा प्रमुख, सामाजिक महाशाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सामाजिक शाखा प्रमुख, महिला बिकास अधिकृत, कानुन शाखा प्रमुख लगातको सहभागीता रहेको कार्यक्रममा उपस्थितहरुले संयन्त्र निर्माणमा आवश्यक सहकार्यको प्रतिवद्धता जनाएको बालहेल्पलाइन नेपालगंजका संयोजक शिद्धराज पनेरुले जानकारी गराउनुभएको छ ।

