पुष २१ गते २०७९, मकवानपुर ।
विभिन्न खाले हिंसा र दुव्र्यवहारमा परेका बालबालिकाका अधिकारका बारेमा अभिभावक, र अरु सेवा प्रदायकलाई लक्षित कार्यशाला गोष्ठी, मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । बालबालिकामाथि अनलाइन र अरु किसिमबाट हुने हिंसा दुव्र्यवहारलगायतका अरु अपराधको घटना दर्ता र आवश्यकता अनुसार अरु निकायलाई गरिने सिफारिसका बारे कार्यशालामा चर्चा र छलफल गरिएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश मानव अधिकार आयोग, माइती नेपाल, इन्सेक, हिमराइट्स, स्थानीय तहका प्रतिनिधि र अभिभावक तथा पत्रकारहरु कर्यशालामा सहभागी भएका थिए । सिविन नेपाल र अन्तराष्ट्रिय संस्था टी डी एचको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

