माघ १६ गते २०७९, कास्की ।
अनलाइनमा बालबालिकाको सुरक्षा बलियो बनाउने उद्देश्यले पोखरामा क्षमता अभिवृद्धि तालिम दिइएको छ । बालबालिका र किशोरकिशोरीलाई अनलाइनमा सुरक्षित रहने बारे दौतरी शिक्षामार्फत ज्ञान हस्तान्तरण गर्ने युवालाई लक्षित गरी तालिम संचालन गरिएको हो । कार्यक्रममा २६ महिलासँगै ३२ जना सहभागी रहेको सिविन नेपालको कास्की कार्यालयका प्रमुख शंकर नेपालीले जानकारी दिनुभयो । सहभागीलाई बालबालिकाको अनलाइन सुरक्षामा देखिएका नयाँ चुुनौती, समाधानमा सरकारी स्तरबाट भएका नयाँ व्यवस्था लगायतका विषयमा तालिम दिइएको हो । कार्यक्रम सिविन नेपाल र अन्तराष्ट्रिय संस्था टीडीएचले संयुक्त रुपमा आयोजना गरेको हो ।

