जेठ ८ गते २०८०, दोलखा ।
दोलखा जिल्लाको विगु गाउँपालिका अन्तर्गतको शिक्षा तथा खेलकुद शाखाले किशोरकिशोरीको प्रजनन स्वास्थ्य तथा लैंगिक हिंसा नियन्त्रणको उद्देश्यले क्षमता अभिवृद्धि कार्यक्रम अगाडि ल्याएको छ । सिविन नेपालको प्राविधिक सहयोगमा स्थानीय टुकी संघबाट संचालनमा ल्याइएको ओसेलिप परियोजना अन्तर्गत ल्याइएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए । चित्रै माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रजनन् स्वास्थ्य अधिकार र लैंगिक हिंसा र लैंगिक हिंसा विरुद्ध भएका कानूनी प्रावधानका बारेमा जानकारी गराइएको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख ईश्वरी प्रसाद रिजालले गर्नुभएको थियो । किशोरकिशोरी प्रजनन् स्वास्थ्य बारेको कार्यक्रमको सहजीकरण सिविन नेपाल दोलखाका कार्यक्रम अधिकृत अधिवक्ता सन्तोष विमली र लादुक स्वास्थ्य चौकी इन्चार्ज कविता अधिकारीले गनुभएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष संजीव ओली, उपाध्यक्ष देविका थामीलगायतको उपस्थिति रहेको थियो ।