जेठ १७ गते २०२३, मोरंग ।
नेपालमा बालबालिकाको सुरक्षा र संरक्षणकालागि उपलब्ध संयन्त्रका बारेमा सिविन नेपालका कर्मचारीसँगसँगै महेन्द्र आदर्श म्युनिसिपल क्याम्पसका बाल हेल्पलाइन आउटरिच कार्यक्रममा सिविन स्टाफ र महेन्द्र आदर्श म्युनिसिपल क्याम्पसका विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । स्थानीय परिवर्तन किशोरकिशोरी क्लबका सदस्यहरु पनि कार्यक्रममा सहभागी रहे । सहभागीहरु, दुई समूहमा विभाजित भएर समुदायमा बालविवाह विरुद्धका पोस्टर पाम्फ्लेट वितरण गरेका थिए । यसैगरी करैया र टापुमा घरदैलो अभियान संचालन गरेर घरघरपुगेर किशोरकिशोरीहरुले स्थानीयहरुलाई बालविवाहका नकारात्मक असरहरुका बारेमा जानकारी गराएका थिए । ICDI र Otte per Mille को सहयोगमा स्थानीय निकायसँगको साझेदारीमा सिविन नेपालले कार्यक्रमको आयोजना गरेको हो ।