जेठ १९ गते २०२३, धनगढी ।
किशोरकिशोरीलाई जीवन उपयोगी सीप सिकाउने उद्देश्यले धनगढीमा ३ दिने तालिम कार्यक्रमको आयोजना गरिएको छ । फोरुट नर्वेको सहयोगमा, राष्ट्रिय किशोरी संजाल र राष्ट्रिय किशोर संजालको आयोजनामा सिविन नेपालले दिएको तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २८ किशोरकिशोरी सहभागी भएका हुन् । ३ दिन लामो तालिममा किशोरकिशोरीलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक लगायतका विषयमा जानकारी दिनुका साथै बाल हेल्पलाइन नेपाल १०९८ र मानसिक स्वास्थ्य समस्या पहिचानलगायतका विषयमा छलफल गरिएको थियो ।


