जेठ १६ गते २०२३, मकवानपुर ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले पनि बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियानलाई आत्मसात गरेको छ । गाउँपालिकाका अध्यक्ष धर्म राज लामिछानेलाई सिविन नेपाल मकवानपुरका व्यवस्थापक झविन्द्र ज्ञवालीले बालबालिका राष्ट्रिय गौरव अवधारणाको विषयमा प्रष्ट पार्दै आगामी बर्षको बजेट विनियोजनमा बालबालिकाको मुद्दालाई कुन कुन शिर्षकमा कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल गनुृ भएको हो । अध्यक्ष लामिछानेले बालबालिकाको लागि बजेट विनियोजन गर्ने विषयमा कुनै समस्या नरहेको र कार्यपालिकामा यो विषयमा तत्काल छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।