जेठ २६ गते २०८०, काठ्माडौं ।

काठ्माडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अनलाइनमा बालबालिकाको सुरक्षा विषयमा अभिमुखिकरण गरिएको छ । विभिन्न २२ विद्यालयको विद्यालय व्यवस्थापन समिति र अभिभावक तथा शिक्षक समितिका प्रतिनिधिहरु कार्यक्रममा सहभागी रहे । सिविन नेपालले गुड सेफर्ड इन्टरन्यास्नल फाउन्डेसन (GSIF) सँगको सहकार्यमा संचालित कार्यक्रममा नेपाल प्रहरी साइबर व्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक नविन्द अर्यालले अनलाइनमा रहँदा बालबालिका माथि हुने यौनजन्य हिंसा र दुव्र्यवहार बारे अभिभावकलाई सचेत गराउनु भयो । यसैगरी, अनलाइन हिंसा र दुव्र्यवहारमा पर्दा के कस्ता कदम चाल्न सकिन्छ, वा समाधानकालागि भएका कानूनी व्यवस्था लगायतको बारेमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउनुभयो ।