भदौ १ गते २०८१, धनगढी ।
बालबालिकाको संरक्षणलाई थप प्रभावकारी बनाउने विषयमा नेपाल प्रहरी र बाल हेल्पलाइन नेपाल १०९८ धनगढीबीच समन्वयात्मक बैठक बसेको छ । बैठकमा बालबालिकाको मुद्दामा काम गर्दा प्रहरीले भोग्नुपरेका समस्या र यसमा बाल हेल्पलाइनको संयोजनको आवश्यकताका विषयमा छलफल भएको हो । बैठकमा जिल्ल प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक कल्पना पौडेलले जिल्लामा बालबालिकाको तथ्यांक, बालबालिकासँग जोडिएका मुद्दा र नागरिक समाजसँग आवश्यक समन्वय लगायतका विषयमा प्रस्तुती दिनुभएको थियो । यसैगरी बाल हेल्पलाइन १०९८ धनगढीका कार्यक्रम अधिकृत हरिलाल चौधरीले बाल हेल्पलाइनले गर्दै आएका काम गतिविधि, प्रहरीसँगको समन्वयमा बाल संरक्षणमा भएका उपलब्धी र आउने दिनमा सहकार्य बढाउन सकिने क्षेत्रलगायतको विषयमा प्रस्तुती दिनुभएको थियो । बैठकमा प्रहरी निरिक्षक कल्पना पौडेल र प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भरत बहादुर चौधरीको टोलीका झण्डै ५० जना प्रहरी सहभागी रहे । कार्यक्रममा बाल संरक्षणको विषयमा प्रहरीलाई थप तालिम आवश्यक रहेको सहभागीहरुले औंल्याएका थिए ।


