भदौ २५ गते २०८१, काठ्माडौं ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर चन्द्रागिरी नगरपालिकाको आयोजनामा सिविन नेपालले बालबालिकाको मानसिक स्वास्थ्य समस्या सम्बोधनको विषयमा नगरपालिकामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बालबालिकामा हुन सक्ने मानसिक स्वास्थ्य समस्या र ती समस्या समाधानमा वयस्कको भूमिकाका बारेमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका निर्देशक जस्मिन माले कार्यक्रममा प्रस्तुती दिनुभएको हो । यसैक्रममा बालबालिकाको मानसिक स्वास्थ्य समस्या सम्बोधनका लागि उपलब्ध सेवा र संयन्त्रका बारेमा समेत कार्यक्रमका सहभागीहरुलाई जानकारी गराइएको थियो । यसैक्रममा चन्द्रागिरी नगरपालिकाले अति विपन्न परिवारका बालबालिकाको स्वास्थोपचारका साथै अरु आकस्मिक सहयोगका लागि दश हजार रुपैंयासम्मको नगद उपलब्ध गराउँदै आएको पनि कार्यक्रममा, नगरका उपप्रमुख बसन्ती श्रेष्ठले जानकारी गराउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख, विभिन्न विभागका कर्मचारी, स्थानीय बाल क्लबका सदस्यहरु, नागरिक समाज संघसंस्थाका साथै कीर्तिपुरका विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरु गरी ५५ जना सहभागी रहे ।






