असोज २२ गते २०८१, काठेमाडौं ।
गएको असोजको अविरल बर्षाले क्षति पुर्याएका क्षेत्रहरु मध्येको एक ललितपुर-१८ को आदिनाथ टोलमा, बालबालिका तथा किशोरकिशोरीलाई आवश्यक मनोसामाजिक प्राथमिक उपचार उपलब्ध गराइएको छ । गएको असोज १० गते विहिबार रातीेदेखि परेको अविरल बर्षा पछिको बाढीले क्षति पुर्याएको नख्खुको आदीनाथ टोलमा, सिविन नेपालको नेत्तृत्वमा कान्ति बाल अस्पताल, बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका चिकित्सकको टोलीले मनोसामाजिक प्राथमिक उपचार उपलब्ध गराएको हो । वडा प्रतिनिधि, स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका ३ स्वास्थ्यकर्मी समेतको सहभागितामा मनोसामाजिक प्राथमिक उपचार उपलब्ध गरिएको हो । यसैक्रममा, स्वास्थ्य परिक्षण गरिएका १३ जना मध्ये ३ जनालाई कान्ति बाल अस्पताल र अर्का एकजनालाई लगनखेलको मानसिक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको सिविन नेपालका परियोजना अधिकृत विमला तिवारीले जानकारी दिनुभएको छ ।


