कात्तिक ९ गते २०८१, काठ्माडौं ।
कीर्तिपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई लक्षित गरी, तनाव पहिचान र व्यवस्थापनको विषयमा अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कामको क्रममा भएका वा हुन सक्ने तनावको पहिचान गर्ने र त्यसको व्यवस्थापन गर्ने विषयमा अभिमुखिकरण गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई मानसिक स्वास्थ्य र तनावको दृष्टिकोणबाट आआफ्नो अवस्था मुल्यांकन गर्ने अभ्यास समेत गरिएको थियो । कार्यक्रममा चिकित्सक, नर्स, सहयोगी कर्मचारीहरुका साथै अस्पताल प्रशासनका गरी, ४१ जना सहभागी रहेका थिए । सिविन नेपालको संयोजनमा कान्ति बालअस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाईका चिकित्सकले कार्यक्रममा सहजीकरण गर्नुभएको हो ।





