कात्तिक ११ गते २०८१, महोत्तरी ।
बालविवाह, छिटो र जबरजस्ती हुने बालविवाहविरुद्ध कार्यरत नागरिक समाज संघसंस्थाको पैरवी र अभियान संचालन क्षमता अभिवृद्धिको उद्देश्यले महोत्तरीमा संचालन गरिएको तालिम कार्यक्रम समापन भएको छ । आउने ६ महिनाको कार्ययोजना बनाउँदै तालिम कार्यक्रम सकिएको हो । बनाउँदै तालिम कार्यक्रम सकिएको हो । महोत्तरी र सर्लाहीका नागरिक समाज संघसंस्थाका २४ सदस्यहरू तालिममा सहभागी थिए । साथै राष्ट्रिय अन्तरधार्मिक संजाल, बालिका दुलही होइनन् र राष्ट्रिय किशोरी संजालका प्रतिनिधि पनि कार्यक्रममा सहभागी रहे । बर्दिवासमा आयोजित तालिमले बाल विवाहविरुद्धको अभियनलाई सुदृढ गर्न के कस्ता अभ्यास र प्रयास आवश्यक भन्ने विषयमा सहभागीहरुले विभिन्न अभ्यास गरेका थिए । केन्द्रीय बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धिताल, तालिम कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम Save the Children सँगको सहकार्यमा CWIN-Nepal ले आयोजना गरेको हो ।

















