मंसिर २६ गते २०८१, कैलाली ।
कैलालीको गौरगंगा नगरपालिका २ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार र जोखिम अवस्थाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । स्थानीय समाजसेवी हेमन्तराज जोशीको पहलमा सिविन नेपालले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सिविन नेपाल कैलालीका कार्यक्रम अधिकृत हरिलाल चौधरीले जानकारी दिनुभएको छ ।

