मंसिर २६ गते २०८१ ।
बालबालिका तथा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा जीवन उपयोगी सीप दिन आयोजना गरिएको तालिम सम्पन्न भएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जिम्मेवारी जानेर बालविवाह विरुद्ध किशोरकिशोरीलाई सचेत बनाउने उद्देश्यले यो तीन दिने अनलाइन तालिमको आयोजना गरिएको हो । तालिममा महोत्तरीका १५ र सर्लाहीका १५ किशोरकिशोरी सहभागी भएका थिए । तालिममा, किशोरकिशोरीलाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, असर र हानीकारक सम्बन्ध, लैङ्गिकता र लैङ्गिक विविधतालगायतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रम सेभ ड चिल्ड्रेनको सहयोगमा सिविन नेपालसँगको सहकार्यमा राष्ट्रिय किशोरी संजालले आयोजना गरेको हो ।

