पुष ३ गते २०२४, महोत्तरी ।
बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरुको भूमिका सम्बन्धि दुई दिने कार्यशाला महोत्तरीको लालबन्दीमा सम्पन्न भएको छ । सर्लाही र महोत्तरीका धर्मगुरु तथा धार्मिक अगुवाहरुलाई बालविवाहका असर र बालविवाह अन्त्यमा धर्मगुरुको भूमिका कस्तो हुन सक्छ भन्ने बारेमा जानकारी दिन कार्यशालाको आयोजना गरिएको हो । राष्ट्रिय अन्तर धार्मिक संजाल, निरन नेपालले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा आयोजित कार्यशालामा सर्लाहीको हरिपुर, ईश्वरपुर र महोत्तरीको पिपरा र जलेश्वरका अन्तर धार्मिक समितिका २० धर्मगुरु सहभागी थिए । कार्यशालामा धार्मिक सहिष्णुता कायम राख्दै बालविवाह अन्त्यका लागि समुदायमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला केन्द्रीत रहेको थियो । यसअघि गएको कात्तिक महिनामा महोत्तरी र सर्लाहीमा ४ वटा अन्तर धार्मिक समिति गठन गरिएको थियो । साथै गएको पुषको पहिलो साता समितिमा आवद्ध धर्मगुरुहरुको सशक्तिकरणको तालिम आयोजना गरिए । कार्यक्रमहरु सिविन नेपाल, राष्ट्रिय किशोरी संजाल, र बालिका दुलही होइनन संजालसँगको सहकार्यमा आयोजना गरिएको हो ।