पुष ६ गते २०८१, कास्की ।
बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता लगायतका विषयमा सचेत र जानकारी दिने उद्देश्यले पोखरामा किशोरकिशोरीकालागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी प्रदेशको पोखराका विभिन्न विद्यालयका बाल क्लब सदस्यहरुलाई अभिमुखिकरण गरिएको हो । पोखराका विभिन्न विद्यालयका २८ विद्यार्थी अभिमुखिकरण कार्यक्रममा सहभागी रहे । फोरुट नर्वेसँगको सहकार्यमा सिविन नेपालले कार्यक्रम आयोजना गरेको हो ।

