माघ २५ गते २०८१, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बालबालिकाहरुले रमाइला गतिविधिहरुबाट बालअधिकार, बाल हेल्पलाइन १०९८ लगतयतको विषयमा जानकारी लिएका छन् । हाजिर जवाफ, हस्तलेखन लगायतका गतिविधिबाट विद्यार्थीहरुले बाल अधिकार, बाल अधिकारसँग जोडिएका विभिन्न मुद्दा, बाल संरक्षण, बाल हेल्पलाइन १०९८ लगायतको बारेमा जानकारी लिएका हुन् । हेलम्बु गाउँपालिकाका ७ वटै वडाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरु कार्यक्रममा सहभागी रहेका थिए । हेलम्बु गाउँपालिकाले आयोजना गरेको कार्यक्रम, Woord en Daad को सहयोगमा साझेदार संस्थाहरु सिविन नेपाल, माइती नेपाल, चेन्ज एक्सन नेपाल र TDH Netherlands ले संयुक्त रुपमा संयोजन गरेका थिए।