बालबालिकाको आपत्कालिन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाको निम्ति
सिविन नेपालद्वारा सञ्चालित
बाल हेल्पलाइन नेपाल १०९८
उपलब्धि र महत्व
बाल हेल्पलाइनको महत्व
सन् १९९८ मा सिविन‐नेपालले आफ्नो एकल पहलमा बालबालिकाको आपत्कालिन उद्घार, राहत तथा परामर्श सेवा दिने उद्देश्यले सिविन हेल्पलाइन संचालनमा ल्याएको थियो । यो सेवा जोखिम परिस्थितिमा परेका बालबालिकाको लागि दुख सुखको साथी बन्न सफल भयो । सिविन नेपालको अथक प्रयास पश्चात सन् २००७ मा नेपाल सरकारले अपनत्व प्रदान गरे पश्चात यो सेवा बाल हेल्पलाइन नेपाल १०९८ मा रुपान्तरण भयो । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा देशभरी यो सेवा ११ वटा जिल्लामा सञ्चालनमा छ । सिविन नेपालले काठमाडौ, विराटनगर, हेटौडा, नेपालगञ्ज, पोखरामा र धनगढीमा गरी ६ वटा जिल्लामा यस बाल हेल्पलाइन सेवा सञ्चालन गरिरहेकोे छ । बाल हेल्पलाइन नेपाल १०९८ को पहलमा विगत २० बर्षमा बालश्रमशोषण, यिौन शोषण, बेचविखन, बाल बिबाह, हेला, परित्यक्त र विभेद लगायतका जोखिममा परेका लाखौं बालबालिकाको उद्घार, संरक्षण, मनोविमर्श र सामाजिक पुर्नस्थापना भएको छ । बाल हेल्पलाइनले प्रदान गरेको सेवा तथा खेलेको भूमिकाबाट बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण  तथा बालअधिकार सम्बन्धी सामाजिक संचेतनामा राज्यलाई सहयोग पुगिरहेको छ ।
बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ ले बाल हेल्पलाइनलाई बाल संरक्षणको एक महत्वपूर्ण संयन्त्रको रुपमा अंगिकार गरेको छ । सो नीतिले बाल हेल्पलाइनलाई बाल संरक्षणको निम्ति सरकार, निजी क्षेत्र तथा गैससको समन्वयमा जिल्ला स्तरीय स्थायी संरचनाको रुपमा विकास गर्दै लैजान अवधारणा लिएको छ । बाल संरक्षणका निम्ति बाल हेल्पलाइन एक मात्र भरपर्दो र विश्वस्र्त े एवं महत्वपूर्ण संरचनाको रुपमा स्थापित हुदै गर्दा बालबालिका स्वंयले आफ्नो समस्याको समाधान खोज्ने घनिष्ट साथीको रुपमा परिचित हुंदैछ ।
संक्षिप्त बार्षिक प्रतिवेदन २०१७
बाल हेल्पलाइनहरुले संचालन गरेको पैसा नलाग्ने टेलिफोन नम्बर १०९८ (दश—नौ—आठ)मा ८९,८१० पटक फोन सम्पर्क गरिएको थियो । जसमा ५०,२५५ (२१९१० महिला) जना व्यक्तिहरुले सम्पर्क गरि बालबालिकाको समस्या तथा बाल हेल्पलाइन सेवाको बारेमा जिज्ञासा राख्नु भएको थियो । जस मध्ये १९६११ (९१०६ बालिका) जना बालबालिका स्वयंम्ले १०९८ (दश—नौ—आठ)मा सम्पर्क गरी आफ्नो तथा आफ्ना साथीहरुको समस्या राख्नुका साथै हेल्पलाइन सेवाको बारेमा जानकारी लिएका छन् ।
यस बर्ष १८५७ (९७४ बालिका, ८८३ बालक) जना जोखिमपूर्ण अवस्थाका बालबालिकाका  घट्नाहरुलाई बाल हेल्पलाइनहर्रु  संम्बोधन गरेका छन । । उपरोक्त बाल हेल्पलाइनहरुमा दर्ता भएका घट्नाहरु मध्ये मानसिक हिंसा, शारीरिक दण्ड र सजायँ, बालबालिकाको ओसारपसार, यौन शोषण, दुब्र्यवहार, श्रम शोषण,  बाल विवाह, अपहरण, अनलाइनटेलिफोन दुब्र्यवहार तथा बाल विज्याँई लगायत बालबालिका विरुद्धको अपराध तथा कानूनसंग बाझिएका घटनाहरु थिए । जस मध्ये  कानूनसंग बाझिएका घटनाहरु ५७७ (३३२ बालिका) जना परिवारबाट परित्यक्त, दुब्यर्वहार, असहाय, बेवास्था, हराएका, वेवारिस छोडिएका, मनोसामाजिक पीडा दिइएका, अभिभावक जेलमा परि संरक्षण नपाएका लगायत बालअधिकार उलंघनका घटनाहरु ६०४ (२४२ बालिका) जना, शुष्त तथा मानसिक समस्या, स्वास्थ्य समस्या, दुर्घटना, रहस्यमय मुत्यु, शैक्षिक समस्या, लागुपर्दा सेवन, पारिवारिक झगडाका कारणसमस्या भएका ६७६ (३७२ बालिका) जना बालबालिकालाई हेल्पलाइनहरुले आवश्यक सहयोग पु¥याएका छन् ।
यस अवधिमा बाल हेल्पलाइनले ३११ (१४१ बालिका) बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरी आपत्कालिन राहत तथा संरक्षण गरेका छन् । उद्धार गरिएका मध्ये २३५ (८५ बालिका) बालबालिकालाई हेल्पलाइनहरुले पारिवारिक पुनस्र्थापना गरेएको छ । यर्सै  हेल्पलाइन आएका ५३५ (२५९ बालिका) बालबालिकालाई पारिवारिक, सामाजिक पुनस्र्थापना तथा अन्य सेवाको निम्ति निम्ति सिविनको गृह तथा अन्य संस्थाहरुमा थप सहयोगको निम्ति सिफारिस गरि पठाइएको छ । यसै गरी ३८४ (१९८ बालिका) बालबालिकालाई विभिन्न परिस्थितिमा आप्तकालिन सहयोग (खाना, कपडा, प्राथमिक उपचार तथा यातायात खर्च) गरिएको छ । मनोसामाजिक समस्या भएका १२०२ (६२१ बालिका) लाई मनोसामाजिक मनोविमर्श सेवा, १८१ (१०६ बालिका) जना बालबालिकालाई प्राथमिक उपचार तथा ७५(५० बालिका) जना लाई अस्पतालमा उपचार सहयोग गरिएको छ । यस्तै गरी हराएका १९४(८० बालिका) जना बालबालिकाको खोजी तथा १३१(४५ बालिका) जना बेवारिस फेला परेका बालबालिकाको अभिभावकको खोजी कार्यमा सहयोग गरिएको छ ।
हेल्पलाइनमा दर्ता भएका घटन्ँँरु मध्ये सबै भन्दा बढी ३२ प्रतिशत बालबालिका ११ देखि १३ वर्ष उमेर समूहका रहेका छन् । यसै गरी ३० प्रतिशत बालबालिका क्रमशः १४ देखि १६ र २६ प्रतिशत बालबालिका ६ देखि १० वर्ष उमेर समूहका रहेका छन् । जोखिममा पर्ने बालबालिकालाई जातीयताको आधारमा हेर्दा सबै भन्दा बढी ४८ प्रतिशत जनजाती, २० प्रतिशत दलित, १६ प्रतिशत क्षेत्री र १२ प्रतिशत बाहुन  दे।िखन्छन । यसै गरी हेल्पलाइनमा दर्ता भएका घटनाहरु मध्ये ६८ प्रतिशत बालबालिका विद्यार्थी हुन् भने १७ प्रतिशत बालबालिका बालश्रमिक र २ प्रतिशत सडक तथा सुकुम्बासी क्षेत्रका बालबालिका हुन् । उद्धार गरिएका मध्ये ११ प्रतिशत बालबालिकाल कहिल्यै पनि  विद्यालय गएका छैनन् । विद्यालय छाडिसकेका १३ प्रतिशते  बालबालिकालाई विद्यालय निरन्तरताका लागि सहयोग गरिएको छ । बाल हेल्पलाइनमा दर्ता भएका घटना मध्ये ७५ प्रतिशत बालबालिकाको बाबु र आमा दुबै छन् भने १३ प्रतिशतका सौतेनी आमा वा बाबु वा दुबै पनि रहेका छन् । यसै गरी १९ प्रतिशत परित्यक्त बालबालिकालाईसहयोग गरेको छ ।
  १४४ (८३ बालिका) जना बालबालिकालाई कानुनी सहयोग गरिएका मुद्दाहरु मध्ये  ७१ जना बालिका र ३ जना बालकहरुको घटना यौन शोषण तथा यौन दुब्र्यवहार संग सम्बन्धित थिए । जवरजस्ती यौन शोषणमा पर्नेहरुमा ३८ प्रतिशत लाई छिमेकीद्वाबाट, १९ प्रतिशतलाई शिक्षकबाट, १२ प्रतिशतलाई नातेदारद्वारा ५ प्रतिशतलाई बाबुबाट, छ प्रतिशतलाई सौतेलो बाबुबाट र ६ प्रतिशतलाई श्रमका मालिकहरुले यौन शोषण  गरेकाथियो । यस बीचमा जबरजस्ती करणी तथा उद्योगका ५८, श्रमशोषणका ३० र वेचविखनका ९ वटा मुद्दाहरु जिल्ला अदालतहरु, प्रहरी कार्यालय र श्रम कार्यालयमा दर्ता गरिएका छन् । साथै ४१ बालबालिकाका यौन दुब्र्यवहार, हिंसा, शारीरिक सजाय र वेचविखन भएको जानकारी हेल्पलाइनमा गराउदा मुद्दा दायर गर्ने हदम्याद कारण न्यायिक प्रक्रियामा जान नसक्दा  ती बालबालिकालाई मनोसामाजिक मनोविमर्श लगाएतको अन्य सहयोग गरिएको छ ।
यसै गरी घरेलु बालश्रमिक, होटेल बालश्रमिक, जरीकारखानामा कामगर्ने बालश्रमिकहरु र श्रममा संलग्न नभएका हिंसा, दुब्र्यवहार, बालविवाह हुन लागेको, शारीरिक सजाय तथा श्रमशोषण भएका ३९ जना बालबालिकाका मुद्दाहरु प्रहरीको रोहवरमा तथा सामुदायिक मध्यस्थतामा मिलापत्र गरी निरुपण भएको छ । यस क्रममा केही बालबालिकाले क्षतिपूर्ति समेत पाएका छन् ।
मुख्य उपलब्धिहरु
  •  बाल हेल्पलाइन नेपाल १०९८ नेपाली बालबालिकाको संरक्षणको निम्ति एकमात्र सशक्त राष्ट्रिय संरचनाको रुपमा अगाडि आएको छ ।
  • यस संरचनाको सञ्चालनको निम्ति सरकार तथा नागरिका समाजका संस्थाहरु बिचको साझेदारी एवं समन्वय एक ज्वलन्त उदाहरण बनेको छ ।
  • बाल हेल्पलाइनद्वारा सञ्चालित पैसा नलाग्ने फोन १०९८(दश–नौ–आठ) बालबालिकाको समस्या राख्ने विस्वासिलो थलोको रुपमा विकास भैरहेको छ ।
  • लाखौं बालबालिकाहरुले जोखिमपूर्ण अवस्थामा उद्धार, राहत, संरक्षण, मनोसामाजिक मनोविमर्श तथा कानुनी सहयोग पाएका छन् ।
  • बाल हेल्पलाइन १०९८ (दश–नौ–आठ) बालबालिका स्वंमम्ले फोन सम्पर्क गर्न र समस्या राख्ने संख्यामा उल्लेख्य बृद्धि भएको छ । हाल बाल हेल्पलाइनमा आउने करीब ३० प्रतिशत फोनहरु बालबालिका आफैले आफ्नो समस्या राख्न गर्ने गरेका छन् ।
  • जनसाधारणले बालबालिका विरुद्धका घटनाहरुमा हेल्पलाइनमा सहयोगको निम्ति अनुरोध गर्ने क्रम बृद्धि भएको छ ।
  • हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८(दश–नौ–आठ) को प्रबद्र्धनमा बृद्धि भएको छ ।
  • पिडकहरुलाई कानूनी कारवाही भएको छ । बालबालिकाले राहत र न्याय पाएको अनुभूति गरेका छन् ।
  • बालबालिका विरुद्धका अपराध तथा बालधिकार उल्लंघनका घटनाहरुको नियन्त्रण एवं पीडित बालबालिकालाई सहयोगको निम्ति सम्बन्धित निकायहरु वीच समन्वयको विकास भएको छ ।
  • नेपाल सरकारद्धारा केन्द्रिय बाल कल्याण समिति एवं स्थानीय सरकार एवं नगरपालिकाहरु मार्फत् बाल हेल्पलाइनलाई सहयोगमा निरन्तर बृद्धि ।
मुख्य चुनौतिहरु
  • बालअधिकार सम्बन्धी संचेतनाको कमि
  • बाल संरक्षण राजनैतिक मुद्दा नबब्नु, बाल हेल्पलाइन संचालनका लागि राज्यको लगाानीकाृे कमि,
  • बाल हेल्पलाइन सेवा सबै प्रदेश तथा जिल्लामा विस्तारित नहुनु र सबैको पहुंचमा नहुनु,
  • प्रशासनिक र सामाजिक कारण बालश्रम शोषण तथा बालअधिकार विरुद्धका घटनाहरु नियन्त्रणमा कठिनाई ।
  • बालबालिकासंग सम्बन्धित विभिन्न जटिल बिषयहरुमा कानुनको अपर्याप्तता तथा कार्यान्वयनको समस्या ।
  • अपराधीलाई कारवाही गर्ने निकायको संवेदनशिलतामा कमी हुनुको कारण बालबालिकाको ्हितमा निर्णय हुन नसक्नु ।
  • अदालती कारवाहीमा ढिलाईले हुंदा मुद्दामा संलग्न बालबालिका तथा बालबालिकाका संरक्षकहरु प्रभावित हुने, तथा अदालतमा मुद्दा चलिरहेका पीडित बालबालिकाको संरक्षण, विकास तथा सामाजिक पुनस्र्थापनामा समस्या ।
  • संस्था तथा बाल हेल्पलाइनमा संलग्न कर्मचारीलाई पिडकहरुबाट धम्की ।
  • बालबालिकाको हक हित संरक्षण, सुरक्षा तथा सेवाको निम्ति क्रियाशील संस्था, निकाय तथा सेवाको अपर्याप्तता ।
  • सिमित श्रोत तर सेवाग्राहीको असिमित अपेक्षा र समस्याहरु ।
निष्कर्ष ः
बालबालिका विरुद्धका अपराध तथा घटनाहरुमा बालबालिकाको हक हित संरक्षणको निम्ति बाल हेल्पलाइन १०९८ लाई प्रहरी, जिल्ला बालकल्याण समिति, केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, कानुनी सहयोग गर्ने सस्थाहरु, बालबालिका तथा मानवअधिकारसंग सम्बन्धित संघ–संस्थाहरु, अस्पताल, सञ्चार माध्ययम, स्थानीय निकाय वा समुदाय, बालबालिकाका समूह तथा ब्यक्तिहरुको सहयोग र समम्वय प्राप्त भइरहेको छ । बाल हेल्पलाईन नेपाल १०९८ नेपालको एक मात्र दीगो बालसंरक्षण संयन्त्रको रुपामा स्थापित भएको छ । बाल हेल्पलाइनले प्रदान गरेको सेवा तथा खेलेको भूमिकाबाट बाल हेल्पलाइन संचालित क्षेत्रहरुमा बालबालिकाविरुद्धको अपराध नियन्त्रण तथा बालअधिकार हनन् तथा बालश्रम न्यूनीकरणमा सहयोग पुगिरहेको छ । यसर्थ आगामी दिनहरुमा बालअधिकारको संरक्षण तथा बालअधिकार हनन् विरुद्ध पैरवी गर्न तत्काल अनुगमन गरि बालबालिकाको संरक्षण गर्ने, अपराध तथा घटनामा संलग्नलाई कारबाही प्रक्रियामा ल्याउन यस संरचनालाई सशत्तः पार्दै अझै आधुनिक र ब्यवस्थित गर्दै लैजानु पर्ने देखिन्छ ।
बाल हेल्पलाइनमा प्राप्त सूचना तथा जानकारी बालबालिका विरुद्व समाजमा घट्ने घटनाको साँकेतिक रुप हुने हुँदा प्राप्त तथ्याङ्कले ती घटना नियन्त्रणमा योजना बनाउने कार्यमा स्थानिय निकायको (स्थानीय सरकार) महत्वपूर्ण भूमिका रहने छ । यसको अतिरिक्त बालबालिका आपत्कालिन अवस्थामा पर्दा तत्कालिन सहयोग र उनीहरुमाथि हुने अपराधिक घटनामा आवश्यक संरक्षणको निम्ति बाल हेल्पलाइन सेवा दीगो संरचना भएकोले यसको विकास, विस्तार र सेवालाई परिष्किृत बनाउन स्थानीय सरकार, स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले बालबालिकाका संरक्षणका सवाललाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नको लागि संघ, प्रदेश र स्थानीय सरकारले एक अर्कामा नबाझिने गरि बालबालिकाका लागि नीति, नियम, कानून निर्माण तथा मौजुदा कानूनलाई समय सापेक्ष परिमार्जन गर्नु पर्दछ । यसका साथै सवै सम्बन्धित निकायबाट बालबालिकाको संरक्षणको लागि कार्यक्रम सहितको वजेट विनियोजन गर्ने साथै बाल हेल्पलाइन जस्ता बाल संरक्षणका दिगो संयन्त्रलाई अझ प्रभावकारी ढंगबाट संचालन गर्न उचित भूमिका निर्वाह गर्नु पर्दछ ।
सिविन नेपालद्धारा संचालित
बाल हेल्पलाइन नेपाल १०९८
सहकार्यः महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति नेपाल दुर सञ्चार प्राधिकरण तथा सिविन‐नेपाल