कार्तिक १२ २०७५, काठ्माडौं ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रमको गृहमन्त्री रामबहादुर थापा बादलले जनसुरक्षाको बारेमा बनाइएको भिडियो सन्देश सार्वजनिक गर्दै उद्घाटन गर्नु भएको छ । शान्तिपूर्ण सुरक्षित समाज निर्माणका लागि भन्ने उद्देश्यका साथ काठ्माडौंको भृकुटी मण्डपमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बादलले यो कार्यक्रमलाई नेपाल प्रहरीको नेतृत्वमा भएको ऐतिहासिक पहल कदमीको संज्ञा दिनु भयो । आपराधिक गतिविधि, मदिरा प्रयोग, लागु पदार्थ नियन्त्रण, महिला बालबालिका माथिको हिंसा अन्त्य गरी मुलुकले लिएको सुखी नेपाली समृद्ध नेपाल भन्ने अवधारणा पुरा गर्न यो कार्यक्रम एउटा नयाँ कडी भएको उहाँले विचार राख्नु भयो ।

कार्यक्रममा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले समुदाय र प्रहरीको साझेदारी कसरी अगाडि बढ्ने, कार्यक्रमको आवश्यकता जस्ता विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । काठ्माडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, कलाकार मनोज गजुरेल, गृह सचिज प्रेम कुमार राई लगायतले कार्यक्रममा आफ्ना विचार राख्नु भयो ।

गएको कार्तिक ११ गते भएको कार्यक्रममा नेपाल प्रहरी, स्थानिय तहका प्रतिनिधि, नागरिक समाज, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि र ठूलो संख्यामा विद्यार्थी, शिक्षकलगायतको सहभागितामा थियो ।