नेपालगंज, २०७५ मंसिर ४ गते ।

सिविन नेपालको ३१ औं बार्षिकोत्सव र अन्तरािष्ट्रय बालअधिकार दिवसको अवसरमा नेपालगंजमा भएको “संघियतामा बालसंरक्षणको सवाल” विषयको अन्तर्क्रिया कार्यक्रममा स्थानिय जनप्रतिनिधिले बालअधिकारको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य, आई पी खरेलले भएका ब्यवस्थालाई चुस्त कार्यान्वयन गर्ने र नयाँ आवश्यक नियम, ब्यवस्था निर्माण गर्न सहकार्य गर्न तैयार उल्लेख गर्नु भयो ।
विशेष अतिथि, स्थानिय पुनर्संरचना आयोगका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले, स्थानिय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो भने, चुस्त बालसंरक्षण संयन्त्रको आवश्यकता औंल्याउनु भयो ।

यसैगरी, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विकास आचार्यले कानून निर्माणमा सहकार्यकालागि उत्सुक्ता ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता सिविन नेपालका अध्यक्ष माधव प्रधानले गर्नु भएको थियो ।