काठ्माडौं, २०७५ मंसिर ९ गते ।

लैंगिक हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा दिएर महिला हिंसा विरुद्धको १६ दिने अभियानको मंसिर ९ गते थालनी गरिएको छ ।
विश्वभर मनाइने यो अभियान मनाउने क्रममा नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रदेश नम्बर ३ बाट कार्यक्रमको शुरुवात गरेको हो ।
१६ दिनमा सबै प्रदेशसम्म महिला हिंसा विरुद्धको सबै खाले हिंसा अन्त्यका लागि चेतनामुलक कार्यक्रमहरु मन्त्रालयले गर्ने भएको हो ।
अभियानको उद्घाटनको क्रममा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट मन्त्री प्रदिप ज्ञवालीले राजनैतिक रुपमा नेपालले ठूलै फड्को मारिसकेपनि सामाजिक आर्थिक संरचना अनि प्रवन्धमा सुधार ल्याउन नसकेको उल्लेख गर्नुभयो । साथै महिला माथि गर्भ मै हुने लैंगिक भेदभाव, लैंगिक असमानता, शैक्षिक विभेद, सामाजिक विभेद लगायतका लैंगिक हिंसा अन्त्यका सामाजिक क्रान्तिकै आवश्यकता रहेको औंल्याउनु भयो । सँगै निर्मला पन्तका अपराधीलाई कानूनको खायरामा ल्याइनेमा सबैलाई विश्वस्त रहन आग्रह पनि गर्नु भयो ।
यसैगरी कार्यक्रमको समापतित्व गर्नुभएका महिला तथा बालबालिका मन्त्री थममाया थापाले सरकारले निर्णय नै गरेर पहिलो पटक सबै प्रदेश र सबै निकायले १६ दिने अभियानलाई मनाउन गरेको घोषणालाई महिला हिंसा विरुद्धको स्वागतयोग्य कदमका रुपमा ब्याख्या गर्नुभएको छ । स्थानिय तहको निर्वाचनपछि अहिले स्थानिय तहहरुले आफूलाई नमूना बनाउनका लागि गरिरहेका प्रयास सह्राहणिय भन्दै महिला विरुद्धको हिंसा अन्त्यका लागि पनि यस्तै खाले प्रयासको आवश्यकता औंल्याउनु भयो ।
यर्सैगरी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले १६ दिने अभियानलाई १६ दिनमा मात्रै सिमित गर्न नहुने जिकिर गर्नुभयो । हरेकल्े हिंसा अन्त्य साझा दायित्व मानेर आआफ्नो दायित्व वहन गरेमात्रै महिला विरुद्धको हिंसा अन्त्य हुने उहाँको विचार थियो ।
उद्घाटन सत्रमा सरकारी कर्मचारी, स्थानिय तहका प्रतिनिधि अनि पत्रकारको उपस्थिति रहेको थियो । लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयमा अन्त्रक्रिया कार्यक्रम समेतको आयोजना मन्त्रालयले गरेको थियो । महिला विरुद्ध हुने सबै खाले हिंसा सम्बोधनबारे सबैको भूमिका खोज्ने र समग्र मै हिंसा अन्त्यका लागि समूहगत रुपमा छलफल समेत भएको थियो ।