काठ्माडौं, मंसिर २४ गते ।

सिविन नेपालको ३१ औं बार्षिकोत्सव तथा ७० औं अन्तराष्टिय मानव अधिकार दिवसको अवसरमा सिविन नेपालले आयोजना गरेको रगतदान कार्यक्रममा ६१ जना सहभागी भएका छन् । सिविन नेपालको मुख्यालय रविभवनमा विहान १० बजेदेखि शुरुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यार्थी, चिकित्सकलगायतको सहभागिता थियो ।
कार्यक्रमको उदघाटनको क्रममा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बालबालिकाका निम्ति भनेर पहिले गरिएका रगत संकलन कार्यक्रममा पनि धेरै संख्यामा उत्साही सहभागीहरुले साथ दिएको सम्झनु भएको थियो । कार्यकारी निर्देशक ‍सुम्निमा तुलाधरले ३१ बर्ष अघि बालबालिकाको अधिकार स्थापनाको जुन अभियान सिविन नेपालको स्थापनासँगै शुरु भएको थियो, आजको दिनसम्मै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । निर्देशक सुबोध श्रेष्ठले ३१ बर्ष  अघि कठिनपूर्ण अवस्थामा  थालिएको  सिविन नेपालको यात्रा धेरै शुभेच्छुकको साथ सहयोगले अभियानको रुपमा अाजसम्म निरन्तर रहेको उल्लेख गर्नुभयो ।

 

 

 

 

 

 

 

 

विभिन्न जोखिम परिस्थितिबाट बाल हेल्पलाइन नेपाल १०९८ ले उद्धार गरेका, दुर्घटनामा परेका अनि जोखिम अवस्थाका बालबालिकाको उपचारकालागि आवश्यक रगत संकलन गर्न कार्यक्रमको आयोजना गरिएको हो ।