किर्तिपुरका विद्यालयमा राखिएका सुझाव पेटिका खोल्न शुरु गरिएको छ । “बालबालिकासँग मेयर” कार्यक्रममा गएको महिना बालबालिकाले दिएको सुझावको आधारमा किर्तिपरका १४ वटा विद्यालयमा सुझाव पेटिका राखिएका हुन् ।
वडा नम्बर १ बाघभैरवस्थित हिल्टाउन माध्यमिक विद्यालयमा रहेको सुझाव पेटिका गएको शुक्रवार नगरपालिकाका प्रतिनिधि, सिविन नेपालका प्रतिनिधि र हिल्टाउन माध्यमिक विद्यालयका सहप्राध्यापकको उपस्थितिमा खोलिएको हो ।
सुझाव पेटिकामा बालबालिकाले शिक्षकका लापरवाही, विद्यालयमा भएका बुलिंग र स्कूल वरपरको वातावरणका बारेमा गुनासा पोखेका छन् ।
विद्यालय वरपरको बातावरणबारे नगरपालिकाको वातावरण विभागलाई जानकारी गराइसकिएको र अरु गुनासाका बारेमा सिविन नेपाल र वडा बाल संरक्षण समितिसँगको सहकार्यमा समाधान खोजिने सहप्रधानाध्यापकले बताउनु भयो ।
यही महिनाको अन्त्यसम्ममा किर्तिपुरका सबै ३४ वटै विद्यालयमा गुनासो वा सुझाव पेटिका राखिने सिविन नेपालले जनाएको छ ।

dav
dav
dav
dav