बैशाख ७ गते, २०७५, काठ्माडौ‌ ।

बाल यौन दुराचारको आरोपमा बेलायती नागरिक इयान रोबर्ट कोललाई प्रहरीले काठ्माडौंको रवि भवनबाट पक्राउ गरेको छ । सँगै कोलसँगै रहेका ३ बालकलाई पनि प्रहरीले उद्धार गरेको छ । सिविन नेपाल र अरु बालअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको सहयोगमा प्रहरीले ५० बर्षिय कोललाई पक्राउ गरेको हो । यसैगरी कोललाई सघाएको आरोपमा प्रहरीले २ नेपालीलाई पनि पक्राउ गरेको छ । पक्राउमा परेकाहरुलाई बाल यौन दुराचार र अप्राकृतिक मैथुन अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका कोल गएको पछिल्ला ४ बर्षमा १६ पटक नेपाल आउजाउ गरेको देखिएको छ ।