फागुण ४ गते, २०७५-मकवानपुर ।

मकवानपुरलाई सडकमा अलपत्र अवस्थामा कुनै मानिस नरहेको नेपालकै पहिलो जिल्ला घोषणा गरिएको छ । एक विशेष कार्यक्रमको बीचमा, सहयोगको आवश्यकताका साथ सडकमा जीवन बिताउनेहरु नरहेको भन्दै मकवानपुरलाई सडकमानवमुक्त घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अवको चार बर्षमा प्रदेशलाई पूर्ण रुपमा सडक मानव मुक्त बनाउने घोषणा प्रदेश सरकारले गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले, ४ बर्षभित्र प्रदेशका १३ वटै जिल्लालाई पूर्णरुपमा सडक मानवमुक्त बनाउने प्रतिवद्धता जनाउनु भयो । सडकमा कष्टकर जीवन बिताउन बाध्य भएकाको उद्धार गरी पालनपोषण गर्नका लागि प्रदेश सरकार तैयार रहेको मुख्यमन्त्री पौडेलको दावी थियो ।
मानव सेवा आश्रमले ६ बर्ष अघि शुरु गरेको अभियानको अनुसरण गर्दै भएको कार्यक्रममा विभिन्न दलका नेता, प्रदेशका सांसद, स्थानिय सरकारका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रममा मानव सेवा आश्रमलाई यो बर्ष प्रदेश सरकारले ४० लाख रुपैंया सहयोग गरेको जानकारी समेत दिइएको थियो ।