काठमाडौ‌, फागुण १५ गते, २०७५ ।

नेपालमा बाल यौनदुराचारको अन्त्यका लागि भएका कानूनी प्रावधान र अभ्यासाबारे छलफल गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सिविन नेपाल र बाल हेल्पलाइन नेपालको आयोजनामा भएको कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, कानून ब्यवसायीका साथै बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरिक्षक कवित कटुवालले, बाल यौन दुराचार विरुद्ध हात लागेका उपलब्धी बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अनुसन्धानमा आउने चुनौती र त्यसको सम्बोधनबारे प्रहरी नायब निरिक्षक कटुवालले जानकारी दिनुभयो । बालबालिका र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको भूमिका र प्रभावकारिताका बारेमा उहाँले स्पष्ट पार्नु भयो ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता खेमराज ज्ञवालीले नेपालमा बाल यौन दुराचारसम्बन्धी नीतिगत तथा कानूनी ब्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बालअधिकारको सुनिश्चितता र बौलयौन दुराचार संबोधनका लागि आवश्यक कार्यक्रमबारे बोल्दै अनुसन्धान र न्याय सम्पादनमा भएका चुनौतीका बारेमा बोल्नुभएको थियो । बालअधिकार अभियन्ता तारक धितालले नागरिक समाजको तर्फबाट बोल्दै विद्यमान कानूनमा भएका अस्पष्टता चिर्दै अगाडि बढ्न सबैपक्षको सहकार्यको आवश्यकता औंल्याउनु भएको थियो ।