चन्द्रागिरी, २०७५ बैशाख ४ गते ।

चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १५ ले स्थानिय बालबालिकालाई बाल स्वास्थ्य, बाल यौन दुब्र्यवहारलगायतका विषयमा जानकार बनाउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । करिब ४०० बालबालिकालाई बाल श्रम शोषण, बालबालिकाको ओसारपसार र बेचविखन तथा किशोरकिशोरीमा हुने जोखिम न्यूनिकरण बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । स्थानिय नागरिक संघसंस्थासँगको सहकार्यमा वडा नं १५ ले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।