दोलखा, बैशाख ३० गते, २०७६।

दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न स्थानमा थप १० वटा सामुदायिक आधारभूत र प्राथमिक विद्यालय निर्माण थालिएको छ । २०७२ सालको भुइचालोमा पूर्णरुपमा क्षतिग्रस्त विद्यालय भवनहरु, नर्वेली दुतावासको सहयोगमा, फोरुट नर्वे, सिविन नेपाल र स्थानिय संस्था टुकी सिविनको सहकार्यमा निर्माण भइरहेका हुन् ।
बनिरहेका विद्यालयहरु बालमैत्री, अपांगमैत्री हुनुकासाथै शौचालय, खेलमैदान पनि विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको परियोजना ब्यवस्थापक रविन्द्र पराजुलीले बताउनुभएको छ । फर्निचर र पुस्तकालय समेतको निर्माण पछि आउने डिसेम्बरमा विद्यालय समुदायलाई हस्तान्तरण गरिनेछ । यसअघि पनि नर्वेली दुतावासको सहयोगमा स्थानिय संस्था टुकी सिविनसँग मिलेर सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा १३ वटा सामुदायिक विद्यालय निर्माण पछि समुदायलाई हस्तान्तरण गरिसकिएको छ ।