काठ्माडौ‌, जेठ १६ २०७६ ।

“लैंगिक विभेदको अन्त्य, समृद्ध नेपालको गनतब्य” मुल नारा दिएरमनाइएको छ । २०६३ सालको जेठ १६ गते, महिला अधिकार सुनिश्चित गर्ने प्रस्ताव पुन:स्थापित संसदबाट पारित भएको दिनको सम्झनामा दिवस मनाइएको हो ।

यही सन्दर्भमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला समन्वयन समिति महासंघ नेपालसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले अवसर पाएको खण्डमा अन्तराष्ट्रिय स्तरका उपलब्धी हात पारेका उदाहरण दिंदै, नेपालमा महिला अधिकारको अवस्था अरु मुलुकको तुलनामा अगाडी रहेको उल्लेख गर्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ६३ सालमा महिलाको हकमा भएको त्यही निर्णयले आज स्थानिय निर्वाचनमा उल्लेख्य महिला प्रतिनिधिको उपस्थिति रहेको बताउनुभयो । साथै यो बर्षलाई लैंगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाइने पनि स्पष्ट पार्नु भयो ।
२०६३ सालको जेठ १६ गते त्यो बेलाका माननिय सांसद विद्या भण्डारी प्रस्तावक र सासंसदरु नारायण प्रसाद साउद, नवराज सुवेदी र कमला पन्त समर्थक रही विशेष प्रस्ताव दर्ता गरिएको थियो, जुन जेठ १६ मा पारित भएको थियो । प्रस्तावमा आमा र बुबा दुवैको नाममा नागरिकता पाउने ब्यवस्था, महिलाको हकमा रहेका विभेदकारी कानूनको खारेजी, महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य लगायतका बुँदा समावेश थिए ।