काठ्माडौँ, २० जेठ २०७६।

हेल्पलाइन सेवा १०९८ अब प्रदेश नम्बर २ बाट पनि शुरु हुने भएको छ । सिविन नेपाल र आसमान नेपालबीच प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा बाल हेल्पलाइन सेवा संचालन गर्ने बारे सम्झौता भएपछि अब प्रदेश दुईमा पनि बाल हेल्पलाइन सेवा संचालनमा आउन लागेको हो । यसअघि सरकार, नेपाल दुरसंचार प्राधिकरण र नागरिक समाज संघसंस्थाबीचको सहकार्यपछि मात्रै संचालनमा ल्याउन सकिने प्रावधान रहेपनि दुई नागरिक समाज संघसंस्थाबीचको सहकार्यमा हेल्पलाइन सेवा संचालनमा ल्याउन लागेको यो पहिलो पटक हो ।

सिविन नेपालको मुख्यालयमा भएको कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान र आसमान नेपालको तर्फबाट अध्यक्ष नवल किशोर यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सँगै अब मुलुकका सात वटै प्रदेशमा बाल हेल्पलाइन १०९८ को उपस्थिति हुने भएको छ ।