साउन १ गते, २०७६, काठ्माडौं ।

सिविन नेपाल र आवाज नेपालले सुर्खेतमा संयुक्त रुपमा बाल हेल्पलाइन सेवा संचालन गर्ने सम्झौता भएको छ । यसअघि झण्डै १० बर्षदेखि आवाज नेपालले मात्रै संचालन गर्दै आएको बाल हेल्पलाइन सेवा, अबदेखि सिविनसँगको सहकार्यमा अघि बढ्ने भएको हो । सम्झौतापत्रमा आवाज नेपालका तर्फवाट अध्यक्ष इरादा पराजुलीले र सिविन नेपालका अध्यक्ष माधव प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
पछि अझ विस्तार हुने आवाज नेपालका अध्यक्ष इरादा पराजुलीले विचार राख्नु भयो ।

सम्झौतापत्रमा हस्ताक्षर पछि आवाज नेपालका अध्यक्ष इरादा पराजुलीले, सिविनसँगको सहकार्यपछि कर्णाली प्रदेशमा हेल्पलाइन सेवा अझ प्रभावकारी हुने विचार राख्नु भयो ।