साउन १७ गते, २०७६, काठ्माडौ‌ ।

चन्द्रागिरी नगरपालिकाले बालबालिकासम्बन्धि नीतिको मस्यौदामा छलफल थालेको छ । सिविन नेपाल र चन्द्रागिरी नगरपालिकाबिच चन्द्रागिरीलाई बालमैत्री नगरकारुपमा विकास गर्न भएको सम्झौता अन्तर्गत नीति मस्यौदामाथिको छलफलको आयोजना गरिएको हो । चन्द्रागिरी नगरपालिका र सिविन नेपालको संयुक्त आयोजनामा भएको छलफलमा विधायक समिति, कानून समिति तथा मस्यौदा समितिका सदस्यलगायतको सहभागिता रह्यो ।

केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धितालले मस्यौदाको पहिलो ड्राफ्ट प्रस्तुत गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालबालिकासम्बन्धि नीति कार्यान्वयनले नगरलाई बालमैत्री बनाउने लक्ष्यलाई साकार बनाउने विचार राख्नुभयो ।
सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले, चन्द्रागिरी नगरपालिकाको प्रयास अरु नगरपालिकाकालागि पनि अनुसरणिय भएको टिप्पणी गर्नु भयो ।
कार्यक्रममा, आपतकालिन बालकोष खडा गर्नका लागि चन्द्रागिरी नगरपालिकालाई सिविन नेपालले एक लाख रुपैंया पनि उपलब्ध गराएको थियो ।