कार्तिक १९ गते, २०७६- काठ्माडौं

नेपालको सदभावना भ्रमणमा रहनु भएका नर्वेका अन्तराष्टिय विकास मन्त्री Dag-Inge Ulstein कान्ति अस्पताल परिसरमा निर्माणाधिन बाल मानसिक स्वास्थ्य विभाग भवनको अवलोकन गर्दै हुनुहुन्छ । सिविन नेपालको पहलमा फोरुट नर्वेको सहयोगमा कान्ति बाल अस्पतालमा बाल मानसिक स्वास्थ्य विभागको छुट्टै भवन निर्माण भइरहेको हो ।
भोली हुने भ्रमणका क्रममा नर्वेली अन्तराष्टिय विकास मन्त्रीले अहिले संचालनमा रहेको बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सम्बन्धि बहिरंग सेवाको समेत निरिक्षण गर्नुहुने कार्यक्रम छ ।
मन्त्री उल्स्टाइन पोषण सम्बन्धि अन्तराष्टिय सम्मेलनमा सहभागी हुन तीन दिने नेपाल भ्रमणमा आउनु भएको हो ।
यसअघि उहाँले नेपाल र नर्वेबीचका ब्यापार सम्भावना लगायतका विषयमा विदेश मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरिसक्नु भएको छ ।