म‌सिर ९ गते २०७६,  मोरङ्ग ।

सिविन नेपालको ३२ औं बार्षिकोत्सवको अवसरमा बालबालिकाको क्षेत्रमा दिइएको उल्लेखनिय योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ र पुर्वाञ्चल बाल सेवा आश्रम मोरङलाई सम्मान गरिएको छ । मोरङको विराटनगरमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथि, प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले दुबै संस्थाका प्रतिनिधिलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरिक्षक विश्व अधिकारी र पुर्वाञ्चल बाल सेवा आश्रमका अध्यक्ष सिता पोखरेलले सम्मान ग्रहण गर्नु भएको हो ।

कार्यक्रमलाई बाल प्रतिनिधि, रक्षा किशोरी समूह, बुढीगंगा २ का अध्यक्ष सुस्मिता ऋषिदेव, प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, अध्यक्ष माधव प्रधानलगायतले सम्बोधन गर्नुभएको हो ।