म‌ंसिर १७ गते २०७६, काठ्माडौं ।

नेपालमा छोरीहरुले जबसम्म सुरक्षा र सम्मानित महसुस गर्नसक्दैनन् तबसम्म सरकारको, सुखी नेपाली संम्बृद्ध नेपालको नारा सार्थक नहुने बालअधिकारका प्रणेता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले विचार राख्नुु भएको छ । सिविन नेपालको प्रागणमा भएको समतामूलक समाज निर्माणका निम्ति ऐक्यवद्धता कार्यक्रममा बोल्दै संस्थापक प्रधानले महिला हिंसा विरुद्ध उठ्ने आवाजमा पुरुषले पनि साथ दिनुपर्ने धारणा राख्नु भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको कार्यक्रममा

कार्यक्रममा महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल (AATWIN) का नवनिर्वाचित कार्यसमितिका सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो । नवनिर्वाचित सदस्यहरुले बोल्ने क्रममा महासचिव बालकुमारी दर्नालले मानव बेचविखनमा परिसकेपछि भोगेका दुखको बारेमा बारम्बार बताउँदा निक्कै पिडा हुने तर बेचविखनविरुद्ध समाजमा सचेतना जगाउन ती दुखलाई बारबार कोट्याउनु परेको स्पष्ट गर्नुभयो । सँगै बालबालिका र महिलामाथि समाजमा हुने हिंसा नरोकेसम्म मानव बेचविखन रोक्न नसकिने उहाँले बताउनुभयो ।

मन्तब्यको क्रममा निक्कै भावूक बनेको माहौलमा एट्विनका नवनिर्वाचित अध्यक्ष नातिसरा राईले बेचविखन पछि नेपालमा सिविन नेपालले दिएको संरक्षणकै कारण आज यो स्थानमा पुग्न सकिएको जिकिर गर्नुभयो । मानवअधिकारकर्मी गौरी प्रधानले बेचिएकै ठाउँबाट नेपाल फर्काउन खोज्दा फेरी बेच्न लानखोजेको सोचेको र सिविनमा रहँदा पहिलो पटक आफ्नो नाम लेख्न जान्दाको खुशी सम्झनुभयो ।

कार्यक्रममा न्यास्नल कलेजका विद्यार्थी सज्जु महर्जन, सगुन भेटवाल र श्रद्धा खतिवडाको कविता बाचनले उपस्थितहरुलाई थप भावुक बनायो ।
कार्यक्रममा शक्ति मिलन समाजका किशोरीहरुले बेचविखन विरुद्धको नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।

सिविन नेपाल, एट्वीन, शक्ति मिलन केन्द्र र शक्ति मिलन समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले सिविनसँग कुनै समय साथ रहेका किशोरकिशोरी र युवा आज सशक्त भएकै कारण सिविनले आफूलाई सफल संस्थाका रुपमा चिनाउन सकेको विचार राख्नुभयो । पहिले सानो उमेरमा सिविनसँग रहेका बालबालिका आज विभिन्न संस्थामा नेतृत्व तहमा पुगेको र समतामुलक समाज निर्माणमा लाग्नु नै सिविनको ठूलो सफलता रहेको उहाँले जिकिर गर्नुभयो । यिनै कारणले कठिन परिस्थितिमा पनि सिविनले अगाडि बढ्ने उर्जापाइरहेको कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताउनु भयो ।