मंसिर २० गते २०७६, किर्तिपुर ।

किर्तिपुरको वैश्णवी माध्यमिक विद्यालयका ५७ बालबालिकालाई सिविन नेपालले शैक्षिक सहयोग उपलब्ध गराएको छ । शैक्षिक सहयोग अन्तर्गत निम्न आय भएका तर जेहेन्दार ५७ विद्यार्थीलाई ब्याग र कापी वितरण गरिएको हो भने स्कूलका सबै विद्यार्थीलाई कपी वितरण गरिएको थियो । ४ बर्ष अगाडि ६० जना मात्रै विद्यार्थी रहेकोमा यो बर्षसम्म आइपुग्दा विद्यालयमा २०० विद्यार्थी छन् । सिविनले नियमित गर्ने शैक्षिक सहयोगले विद्यालयमा विद्यार्थी आकर्षित गर्न सकिएको र विद्यार्थीमा पनि हौसला बढेको विद्यालय प्रशासनले जनाएको छ ।