मंसिर २२ गते २०७६, पोखरा ।

गण्डकी प्रदेशमा पर्यटन र पदयात्राको क्षेत्रलाई बालबालिका र यस क्षेत्रसँग सम्बन्धित सबैका लागि सुरक्षित र समतामुलक बनाउने विषयमा पोखरामा सरोकारवालाहरु बिच छलफल भएको छ । टेकिड एजेन्सिज एसोसिएसन अफ नेपाल, टानको पोखरा शाखाको संयोजनमा, प्लान इन्टरन्यास्नलको सहयोगमा सिविन नेपालले आयोजना गरेको छलफलमा टानका पदाधिकारी, टानसँग सम्बद्ध व्यवसायीहरु, सरकारी कर्मचारी, पर्यटन प्रहरी लगायतको सहभागिता थियो । छलफलमा, यही महिना टान र होटल एसोसिएसन अफ नेपाल, हानले तत्काल लागु गर्ने विषयमा सहमति पत्रमा हस्ताक्षर गरेका चार नीति कार्यान्वयनको विषयमा छलफल भएको हो । बाल संरक्षण सम्बन्धि नीति, लैंगिक सुरक्षा सम्बन्धि नीति, कार्यक्षेत्र बालबालिकासहित सबैका लागि सुरक्षित बनाउने नीति सँगै समतामुलक कार्यक्षेत्र निर्माण सम्बन्धि नीति कार्यान्वयका विभिन्न पक्षबारेमा सहभागीहरुले छलफल गरेका हुन् ।