मंसिर २३ गते २०७६, काठ्माडौं ।

लैंगिक हिंसा विरुद्धको बर्ष अभियानलाई सफा पार्न र लैंगिक हिंसा विरुद्धको बार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्ने विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुडलगायतले प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता विषयको प्रदेशस्तरिय कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिपेन्द्र काफ्ले, नागरिक समाजका प्रतिनिधि लगायतले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले, लैंगिक हिंसा अन्त्य गर्ने कार्यक्रमहरु औपचारिकतामा सिमित रहेर त्यसको कुनै उपलब्धि हात नलाग्ने विचार राख्नुभयो । हिंसा अन्त्यका लागि हुने कार्यक्रम जनस्तरमै जनतालाई नै परिचालन गर्ने गरी संचालन गर्नुपर्ने बताउनु भयो । यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुडले यहि आर्थिक बर्षमा लैंगिक हिंसा अन्त्यका लागि महिलामा उद्यमशिलता विकास गर्दै आर्थिक सशक्तिकरणको पक्षमा काम गर्नेमा आश्वस्त पार्नुभयो ।