म‌ंसिर २२ गते २०७६, दोलखा ।

दोलखाको कालिन्चोक ३ लामिडाँडास्थित पोखरे आधारभूत विद्यालय एक कार्यक्रमबिच समुदायलाई हस्तान्तरण गरिएको छ । प्रदेश सभाका सांसद पशुपति चौलागाईं प्रमुख अतिथि रहनुभएको कार्यक्रममा ६ कोठे विद्यालय भवन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीलाई हस्तान्तरण गरिएको हो ।
२०७२ सालको भुइचालोमा दोलखाका झण्डै सबै सामुदायिक विद्यालय प्रयोगै गर्न नसकिने गरी भत्किएका थिए । भत्किएका मध्ये २२ वटा विद्यालय फोरुट नर्वेको आर्थिक सहयोगमा सिविन नेपालले निर्माण गरिरहेको छ । त्यसमध्ये पोखरे आधारभूत विद्यालयसँँगै निर्माण सकिएका १० वटा विद्यालय समुदायलाई हस्तान्तरण गरिसकिएको छ । विद्यालयमा प्रारम्भिक बालविकास कक्षा संचालन, शिक्षकको क्षमता अभिबृद्धि, पुस्तकालय संचालनसमेतका लागि सिविन नेपालले सहयोग गरिरहको छ । विद्यालय हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, दोलखाका अध्यक्ष डबल पाण्डे, सिविन नेपालका अध्यक्ष माधव प्रधान, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, नर्वेली दुतावासका शिक्षा विशेषज्ञ कमला विष्टसँगै दुतावासका काउन्सुलरलगायतको उपस्थिति थियो । प्रदेश सभाका सांसद चौलागाईंले, फोरुट नर्वे र सिविनको प्रयासमा दोलखामा विद्यालय शिक्षा नियमित संचालनकालागि भएको यो योगदान निक्कै सह्राहनिय रहेको र स्थानिय सरकारकालागि पनि मार्ग निर्देशन भएको टिप्पणी गुर्न भयो ।